सूचना ! वातावरण पत्रकारिता पुरस्कार, २०१९ को लागि सामग्री पठाउने

  • Published Date : April 10, 2019


नेपाल वातावरण पत्रकार समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा अघिल्लो वर्षभरि वातावरण तथा दीगो विकासका क्षेत्रमा उत्कृष्ट समाचार सामग्रीहरू प्रकाशन–प्रसारण गर्ने पत्रकारलाई ‘वातावरण पत्रकारिता पुरस्कार’प्रदान गर्दै आएको छ । यस वर्ष विश्व वातावरण दिवस २०१९ मा घोषणा हुने पुरस्कारका लागि सन् २०१८ भित्र पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित–प्रसारित सामग्री पठाउनु हुन पत्रकार साथीहरूलाई अनुरोध गर्दछौं ।

सामग्री २०७६ साल वैशाख १६ गते (२९ अप्रिल २०१९) भित्र तलको ठेगानामा आइपुग्नु पर्नेछ । मूल्याङ्कनका लागि प्रस्तुत गरिने पाठ्य सामग्रीको प्रतिलिपि एवं श्रव्य रश्रव्य–दृश्य सामग्रीको स्क्रिप्ट तथा रेकर्ड–लिङ्कहरू उपलब्ध गराउनु पर्नेछ ।

सम्पर्क
नेपाल वातावरण पत्रकार समूह
पो.ब.नं. ५१४३, काठमाडौं
भनिमण्डल, रिङरोड, ललितपुर
फोन : (०१) ५१५३२४५, ५१५३३४२, ५१५३५३३
फ्याक्स : ५१५३०३१
Email : [email protected]